१ करोडको लगानीमा अब लुम्बिनी अञ्चल अस्पताल बुटबलमा एनआईसियु सेवा सुरु

7:40 PM



रुपन्देही ३ कार्तिक -लुम्बिनी अञ्चल अस्पताल बुटबलमा  एनआईसियु सेवा सुरु भएको छ ।  यसक्षेत्रको पुरानो अञ्चल अस्पतालमा  यो सेवा संञ्चालन भएपछि यस क्षेत्रका बालबालिका हरुलाई राहत पुग्ने भएको छ ।

 आठ बेडको  एनआईसियु संञ्चालन भएपछि  लुम्बिनी अञ्चल अस्पतालमा सुत्केरी हुने महिलाबाट जन्मने वालबालिका हरुलाई समेत राहत हुने भएको छ । अस्पतालमा जन्मेका  २८ दिनसम्मका बच्चालाई  एनआईसियुमा राखेर उपचार गरिने अस्पतालले जनाएको छ ।

  लुम्बिनी अञ्चल अस्पतालका मेसु डा बिकास देबकोटाका ले भने नेपाल सरकार  तथा अस्पताल बिकास समितिको लगानीमा उक्त सेवा संञ्चालन भएको छ। करिब १ करोडको लगानीमा  सेवा संञ्चालनमा ल्याईएको छ। २४  घन्टानै यो सेवा उपलब्ध हुने आबश्यक वाल विज्ञ मेडिकल अधिकृत र १२ जना स्टाफ नर्स सहित २२ जनाउक्त बिभागमा कार्यरत रहेको डा देबकोटाले बताए ।

अस्पतालका प्रमुख डा देबकोटाले भने  वालमृतृदर घटेपनि शिशु मृत्यु दर नघटेकोले  यो क्षेत्रमा शिशुमृत्युदर घटनसहयोग पुग्ने बताए । सरकारी अस्पतालमा संञ्चालन भएको यो सेवा गुणस्तरिय तथा सस्तो भएको समेत डा देबकोटाले बताए  ।

औपचारीक रुपमा उदघाटन नभएपनि आजबाट सेवा दिन सुरु गरेको  अस्पताल प्रशासनले जनाएको छ । लुम्बिनी अञ्चल अस्पतालमा १४ जिल्लाका बिरामी उपचार गर्न आउने गर्दछन ।

You Might Also Like

0 comments