काठमाँडौमा भवन निर्माणको लागि सहयोग गर्न नमस्ते नेपाल हातेमालो संस्था नेपालको अनुरोध

7:36 PM


आफ्नो कार्यालय भवन निर्माणका लागि नमस्ते नेपाल हातेमालो सँस्था नेपालले सहयोग सँकलन अभियान सँचालन गरेको छ।

परोपकार मनोरञ्जन र लगानीको क्षेत्र पहिचान, नमस्ते नेपाल हातेमालो संस्थाको अभियान यहि मूल नारालाई आत्मसाथ गर्दै देश तथा बिदेशी भूमिमा छरिएर रहेका नेपालीहरुको सक्रिय प्रयासमा आफ्नो स्थापना कालदेखि नै विविध सामाजिक कार्यमा कार्यरत छ ।

बिभिन्न क्षेत्र लगायत अशक्त नेपाली नागरिकहरुलाई बिभिन्न सहयोगी मनहरुबाट सहयोग एकत्रित गर्दै आइरहेको संस्थालाई अझ मजबुत र ब्यवस्थित बनाएर अगाडी लैजान एउटा आफ्नै भवनको आवश्यकता महसुस गर्दै संस्थाको निर्णय बमोजिम भवन निर्माण कार्यलाई अगाडी बढाइएको संस्थाका अध्यक्ष राम शरण बानियाले जानकारी दिएका छन् ।

अध्यक्ष बानियाले भवन निर्माणकै लागि यहि कार्तिक ४ ५ र ६ गते तिन दिने ज्ञान महायज्ञ आयोजना गरि भवन निर्माण सिलान्यास गरिने बताए । भवन निर्माण कार्यका लागि नमस्ते नेपाल हातेमालो सँस्थामा आबद्द लगायत सबैलाई सक्रिय भै लाग्न सम्पुर्णमा आग्रह पनि गरेका छन् ।

You Might Also Like

0 comments